
बाँकेको कोहलपूरमा एक हप्तादेखि हराईरहेको ९ वर्षिय बालक कुशल बुढाको हत्या र शव व्यवस्थापनको आरोपमा उनकै सहोदर आमा यसोदा बुढा र सौतेला बाबु निरकनाथ योगीलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
एक हप्तादेखि हराईरहेको बाँके बैजनाथ-४ का १० वर्षिय बालककाे शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेकाे छ । काेहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल बुढा बैशाख ८ गतेदेखि हराएकाे भन्दै आमा यशाेधा बुढाले इलाका प्रहरी कार्यालय , काेहलपुरमा निवेदन दिएकी थिइन् । खेतमा गाडेकाे अवस्थामा बालकको शव फेला परेकाे हाे । बालक बैजनाथ – ४, नौलापुर घर भई काेहलपुरमा डेरा गरी बस्ने यशाेधा कै छाेरा भएकाे पुष्टि भएकाे छ ।बाख्रा चराउन गएका मान्छेले मान्छेकाे खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवभन्दा केही पर परालले छाेपेकाे अवस्था साइकल र कुशलकाे टिसर्ट गाडिएकाे थियाे । प्रहरीका अनुसार, कुशलका बुबाकाे केही वर्ष पहिला नै मृत्यु भएकाे थियाे । आमाले निरकनाथ याेगीसँग दाेस्राे विवाह गरेकी छन् । काेहलपुरमा डेरा गरी सबै सँगै बस्थे ।प्रहरीले घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे जनाउँदै अनुसन्धानका लागि कुशलको आमा र साैतेनी बुबालाई नियन्त्रणमा लिएकाे छ ।